November 17, 2017

सुर्खेतमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, २५ जना घाइते

सुर्खेत, ३ कार्तिक । जाजरकोटबाट सुर्खेत अाउँदै गरेको यात्रुवाहक बस सुर्खेतको सिम्ता गाउँपालिका-४  कालीखोलामा खस्दा १ जनाकाे मृत्यु भएकाे छ । २५ जना घाइते भएका छन्

काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको बस दुर्घटना भएकाे हाे । बस १०० मिटर तल भेरी किनारमा खसेको छ । दुर्घटना लगत्तै  छिन्चुबाट प्रहरी घटनास्थल पुगेको छ ।

बसका चालकलार्इ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन अाचार्यले जानकारी दिए । घटनास्थल अप्ठेरो स्थानमा भएकोले यथार्थ विवरण आउन नसकेको प्रहरीले जनाएकाे छ ।