November 17, 2017

कैलाली कारागार भित्रै लक्ष्मण थारुले प्रवेश गरे राजपा

काठमाण्डौ २ कार्तिक । थारु समुदायका युवा नेता लक्ष्मण थारु राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रवेश गरेका छन ।  टीकापुर घटनाका दोषीका रुपमा जेलजीवन बिताइरहेका  थारुलाई राजपाका नेता राजेन्द्र महताेले कैलाली कारागारमा अायोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन ।

थारु यसअघि विजयकुमार गच्छदार नेतृत्वकाे फोरम लोकतान्त्रिकमा थिए । टीकापुर घटनापछि फोरम लोकतान्त्रिक सरकारमा सहभागि रहदा पनि अाफुलाई जेलमुक्त गर्न पहल नगरेकाे भन्दै थारुले जेलबाटै पार्टी परित्याग गरेका थिए ।

फोरम लोकतान्त्रिक अघि थारु तत्कालिन माअाेवादी पार्टीका एक अाशलाग्दा युवा नेताका रुपमा स्थापित थिए । माअाेवादी सशस्त्र विद्रोहका बेला पश्चिम नेपालका जिल्लाहरुमा लक्ष्मण थारुकाे निकै चर्चा हुनेगर्थ्यो ।  बेला बेलामा गडबडी गरिरहने उनी राजनीतिमा विवादित पात्रका रुपमा चिनिन्छन ।