November 17, 2017

डाेटीमा बस दुर्घटना ३ जनाकाे मृत्यु २१ घाईते

सुशिल ढुङ्गाना / धनगढी २ कार्तिक । डोटीकाे बडिकेदारमा यात्रुवाहक वस दुर्घटना हुदा ३ जनाकाे मृत्यु भएकाे छ भने २१ जना घाइते भएका छन ।

डाेटीकाे बडिकेदारबाट धनगढीका लागि हिडेकाे ना ३ ख ५६४८ नम्बरकाे बस बडिकेदार गाउँपालिका वडा नम्बर २ को खडेउलीमा अाज विहान १० बजेतिर सडकबाट करिब सय मिटर तल भीरमा खसेकाे थियो ।

दुर्घटनामा बडिकेदार- ४ का ४७ बर्षिय जगदिश चन्द, सोही वडाकी ३५ बर्षिय मिनादेवी पुनमगर र वडा नम्बर- ३ की ३ बर्षिय बालिका पुष्पा जेठाराकाे मृत्यु भएकाे छ । घाईते सबैलाई उपचारका लागि धनगढी ल्याइदै छ ।