November 17, 2017

हप्ता असुलीकाे विरोध गर्दा पत्रकार कुटिए

काठमाण्डौ ३१ असोज । अछामकाे सदरमुकाम मंगलसैनमा प्रहरीले पत्रकार महासंघका केन्द्रिय पार्षद तथा प्रेस युनियन अछामका पूर्व अध्यक्ष यज्ञ ढुङ्गानालाई कुटपिट गरेकाे छ ।

सोमबार साँझ मंगलसैनस्थित मनोकामना रेष्टुरेन्टमा हप्ता असुली गर्न अाएका सादा पोसाकका प्रहरी र रेष्टुरेन्ट सञ्चालकसंग विवाद हुदा पत्रकार ढुङ्गानाले प्रहरीकाे हरकतकाे विरोध गरेपछि ति प्रहरीले ढुङ्गानालाई कुटपिट गरेका थिए । उक्त रेष्टुरेन्ट ढुङ्गानाका अाफन्तकाे हो ।

रेष्टुरेन्ट सञ्चालकसंग प्रहरीहरुले जवरजस्ती गर्न थालेपछि पत्रकार ढुङ्गानाले किन जवरजस्ती गरेकाे भन्दै विरोध गरेका थिए । दुई जनाकाे संख्यामा रहेका प्रहरीले ढुङ्गानालाई त बढी बोल्ने को होस भन्दै निर्घात कुटपिट गर्दै हत्कडी लगाई हिरासतमा राखेका थिए ।

पत्रकार ढुङ्गानामाथि भएकाे कुटपिटकाे नेपाल पत्रकार महासंघका सात नम्बर प्रदेश संयोजक मिन बमले भत्सर्ना गरेका छन । निसर्तरुपमा जनताकाे जिउधनकाे सुरक्षा गर्नु पर्ने प्रहरीले गुण्डा शैलीमा व्यवसायीसंग जवरजस्ती पैसा असुल्ने क्रियाक्लाप निन्दनिय भएकाे बताएका छन । संयोजक बमले  दोषी प्रहरीमाथि कारवाहीकाे माग गरेका छन ।

यसैगरी नेपाल पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष वेदप्रकाश तिमिल्सैनाले कुटपिटमा संलग्न प्रहरीहरुलाई कारवाहीकाे माग गरेका छन ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्याैपानेकाे माेवाइल नम्बर ९८५८४०५५५५ र कार्यालयकाे नम्बर ०९७६२०२२० मा सम्पर्क गर्दा दुवै फोन उठेनन ।