November 17, 2017

आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्नेमा स्वास्थ्यमन्त्रीकाे जाेड

काठमाण्डाै, ३१ असाेज । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्नेमा जाेड दिएका छन् ।

आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती गरेको भन्दै मन्त्री पोखरेलले अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजानुपर्ने बताउए ।

उनले नयाँ स्वास्थ्य नीतिमा आयुर्वेदका सम्पूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि जनाए । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्रत्येक विद्यालयबाटै योग र स्वास्थ्य जीवनशैलीबारे विद्यार्थीमा शिक्षा दिनु आवश्यक भएको बताएका छन् ।