August 17, 2017

आईएस विरुद्धको आक्रमणमा कम्तिमा ३ सय ५३ नागरिक मारिएको अमेरिकाको दाबी

काठमाण्डौ, १८ वैशाख । अमेरिकी सैनिकले ईराक र सिरियामा सन् २०१४ बाट सुरु गरेको ईस्लामिक राज्य विरुद्धको कारबाहीमा कम्तिमा ३ सय ५२ नागरिक मरेको दाबी गरेको छ ।

तर यो संख्या सैन्य मिलान निगरानी समूहको अनुमानभन्दा धेरैले हो । यो संख्यामध्ये ४५ जनाको मृत्यु सन् २०१६ नोभेम्बर देखि २०१७ मार्चको बीचमा भएको हो । त्यस्तै रिपोर्टका अनुसार ८० व्यक्तिको मृत्यु सन् २०१४ अगष्टदेखि २०१७ को बीचमा भएको हो । २६ जनाको मृत्युचाँहि मार्च महिनामा भएको छुट्टाछुट्टै आक्रमणमा परेर भएको हो ।

तर युद्धबारे निगरानी गर्ने समूह ‘एयरवार्ज’ ले भने अमेरिकाको नेतृत्वको गठबन्धन हमलामा परी ३ हजारभन्दा नागरिकको मृत्यु भएको ठोकुवा गरेको छ ।