यी तीन चिजलाई ध्यान राख्नुस् सम्बन्ध बिग्रदैंन

काठमाण्डौ, ३१ चैत्र । वास्तवमा श्रीमान र श्रीमतिको सम्बन्ध पनि रथजस्तै हो । दुबै पाङ्ग्रा सकुशल भए मात्र यात्रा आनन्ददायी हुन्छ ।

यदि पति–पत्नी दुबै कार्यालय जान्छन् भने पत्नी के चाहन्छिन् भने मलाई पनि उत्तिकै सम्मान मिलोस् जति मेरो पतिलाई मिल्छ । तर कतिपय पुरुष भने यो धारणाबाट अलग हुन सक्छन् जसले गर्दा सम्बन्धमा वाधा आउन सक्छन् ।
यदि तपाईहरु पनि यस्तै समस्याबाट ग्रसित हुनुहुन्छ भने यसो गर्नुहोस्–

१. एकअर्कालाई सम्मान गर्नुहोस्–

प्रायशः के देखिन्छ भने कतिपय पुरुषहरु आफ्नो पत्नीलाई उचित सम्मान दिँदैनन् । उनीहरु अझै पनि पुरानै मान्यता र सोचबाट ग्रसित छन् । आफ्ना र बुबार हजुरबुबाले जस्तो व्यवहार गरे त्यस्तै व्यवहार गर्न चाहन्छन् । तर यो बिल्कुल गलत हो । प्रत्येक कुरामा रिसाउनु, अपशब्द प्रयोग गर्नु र हातसम्म उठाउन पनि पछि नपर्नु बानीले गर्दा त्यस्ता पुरुषप्रति महिलाको सम्मान पनि कम हुन्छ । यसले गर्दा दुबैजना एकअर्काप्रति नकारात्मक हुने गर्दछन् । जसले गर्दा त्यो सम्बन्ध अघि बढ्न नसक्ने अवस्था पुग्ने गर्दछ । तसर्थ एकअर्कालाई सम्मान गर्नुहोस् ।

२. भावनाको कदर गर्नुहोस्–

पति पत्नीको सम्बन्ध प्रेम र विश्वासमा अडेको हुन्छ । यसर्थ एकअर्काको भावनालाईबुझ्नु अति जरुरी हुन्छ । कहिले पनि अरुको भावनासँग खेलबाड गर्नुहुँदैन किनकि जीवनमा तिर्नै नसिकने मूल्य पनि चुकाउनु पर्ने हुनसक्छ । यसर्थ एकअर्काको इच्छालाई पनि बुझ्नुपर्छ । एकअर्कामाथि कहिल्यै पनि दबाब दिनु हुँदैन ।

३. समय निकाल्नुहोस्–

हिजोआज मान्छे यति व्यस्त छ कि आफ्नो परिवारलाई पनि समय दिन सकिरहेको छैन । जिन्दगीमा कमाउनु मात्रै ठूलो कुरा होइन । यदि कमाउनकै मात्र पछि लाग्ने हो भने ठूलो कुरा गुमाउनु पर्ने हुनसक्छ । यस्तो अवस्थामा पतिले पत्नी र परिवारलाई समय दिन सक्दैन र सम्बन्ध टुट्ने डर हुन्छ । तसर्थ आफ्नो परिवारलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।