August 17, 2017

प्रधानमन्त्रीद्वारा नेपाली सेनाकाे प्रशंसा

काठमाण्डौ ३० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्या्दित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन ।

भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बुधबार आयोजित अधिकृत क्याडेट तालिम र पदिक/हुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्री दाहालले  राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिए।

क्याडेट तालिममा पुरुषतर्फ नवलपरासी, दुम्कीबासका दीपेन्द्र बराल, महिलातर्फ मनमैजु, काठमाडौँका करिश्मा मानन्धर र अन्तराष्ट्रिय अधिकृत क्याडेटतर्फ बङ्गलादेशका एम.डी. मनिरुजमान सर्वोत्कृष्ट भएका थिए ।  पदिक /हुद्दा क्याडेट तालिममा काठमाडौँ, नागार्जुनका अमित लामा सर्वोत्कृष्ट भएका थिए ।

मित्रराष्ट्र केन्या र बङ्गलादेशका शिक्षार्थी सहभागी भएको सो तालिममा  अधिकृत क्याडेटतर्फ १२ महिलासहित एक सय १३ जना र पदिक/हुद्दा क्याडेट तालिममा १८ जना नेपाली प्रशिक्षार्थी सहभागी थिए ।