August 23, 2017

आइपिएल अन्तर्गत पहिलो खेलमा मुम्बई ५ विकेटले विजयी, दाेस्रो खेलमा पुने र गुजरात भिड्दै

काठमाण्डौ, १८ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत पहिलो खेलमा बैंग्लोरविरुद्ध १ बल बाँकि छँदा रोमाञ्चक ५ विकेटको जित हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि एबी डि भिलियर्सले ४३, पवन नेगीले ३५ र केधार जाधवले २८ रन बनाए ।

मुम्बईका लागि मिचेल म्याक्लेनाघनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै क्रुनल पाण्डेयाले २ तथा कर्ण शर्मा र जस्प्रित बुमराले समान १–१ विकेट लिए ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाउँदै १ बल बाँकि छँदा जित हात पार्यो । उसका लगि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । त्यस्तै जोस बटलरले ३३ तथा नितिश रानाले २७ रन बनाए ।

बैंग्लोरका लागि पवन नेगीले २ विकेट लिँदा अंकित चौधरी, युजवेन्द्र चाहल र शेन वाट्सनले समान १–१ विकेट लिए । यो हारसँगै बैंग्लोरको प्लेअफ खेल्ने सपना तुहिएको छ ।

अर्काे खेलमा पुने सुपरजायन्ट्स र गुजरात लायन्स भिड्दैछन् । टस जितेर पुनेले फिल्डिङ गरिरहेको छ ।