October 20, 2017

नयाँ शक्ति वाम गठबन्धनबाट बाहिरियो (यस्तो छ कारण)

काठमाडौं २७ असोज । गठबन्धन बनेकाे दुई साता नबित्दै नयाँ शक्ति पार्टी नेपाल वाम गठबन्धनबाट बाहिरिएकाे छ  । अाज बसेकाे नयाँ शक्ति पार्टीकाे सचिवालयकाे विस्तारित बैठकले वाम गठबन्धनबाट बाहिरिने निर्णय गरेकाे छ ।

सिट बाडफाडमा कुरा नमिले पछि वाम गठबन्धन छोडेकाे नयाँ शक्तिका एक नेताले बताए । बिहिबार बिहान एमाले केपी अाेलीकाे निवास पुगेर नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष तर्फ प्रतिनिधी सभामा १५ र प्रदेश सभामा ३० स्थान पाउनु पर्ने माग राखेका थिए । अाेलीले त्यती धेरै सिट दिन नसकिने जवाफ दिए पछि अन्तृष्ट भई फर्केका डा. भट्टराईले वाम गठबन्धन छाेडेने अभिव्यक्ति दिएका थिए ।

अाजकाे सचिवालयकाे विस्तारित बैठकले अाँखा चिन्ह लिएर चुनाव लडने निर्णय गरेकाे छ । यसअघि नयाँ शक्तिले एमालेको सूर्य चिहृनबाट चुनाव लड्ने सहमति भएको थियो । विस्तारित बैठक पछि जारी विज्ञप्तीमा एमाले र माओवादी केन्द्र सहमतिको मर्म विपरित गएकाले आफ्नै चुनाव चिहृन लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरिएको उल्लेख छ ।

विस्तारित बैठकले प्रतिनिधी सभाकालागि पाँच जनाकाे उम्मेद्वारीकाे टुङ्गो लगाएकाे छ । जस अनुसार संयोजक डा. बाबुराम भट्टराई गोर्खा- २ बाट, कृष्णकुमार चौधरी कैलाली -३ र दानबहादुर चौधरी कपिलबस्तु- १ बाट चुनाव लडनेछन भने प्रेम तामाङ रसुवाबाट र मदन राई खोटाङबाट चुनाव लड्ने निर्णय भएकाे छ ।