बामगठबन्धन बन्नुमा कुनै विदेशीकाे हात छैन : पम्फा भुसाल

भक्तपुर, २७ असोज । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बाम गठबन्धन बन्नुमा कुनै विदेशीको हात नरहेकाे बताएकी छिन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र बिदेशीको इशारामा नबनेको बताइन ।

उनले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धनमा आवद्ध भएका राजनीति दलहरुले आ- आफ्नो चुनाव चिन्ह प्रयोग गर्नसक्ने बताइन । वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचन अघि सरकार नछाड्ने बताउदै भुसालले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने कुरामा अाफुहरु विश्वस्त रहेकाे बताइन ।

देशमा अब बामपन्थी र प्रजातान्त्रिक शक्ति गरी दुई पक्ष मात्र हुने भन्दै अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि डाेर्याउने भुसालले दावी गरिन ।

आफ्नो पार्टीले बिगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको बिषयमा आवाज उठाउँदै आएको र निर्वाचन पश्चात दुई तिहाई मत प्राप्तसँगै त्यसले समेत पूर्णता पाउने  भुसालकाे भनाई छ ।