हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित

काठमाण्डाै, २७ असाेज । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।

हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपालमाथि ८३ रनको जित निकालेकाे हाे  । हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

हङकङको तर्फबाट जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए भने नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिए । जवाफी व्याटिङमा आएको नेपालले आशातित व्याटिङ गर्न सकेन ।

सुरुआती व्याट्सम्यान सस्तै रनामा आउट भएपछि नेपाली इनिङ्स धर्मरिएको थियो । नेपालले ३४.५ ओभरमा जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो । नेपालको तर्फबाट कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । हङकङका लागि एहेसान खानले ५ विकेट लिए ।

शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ । नेपालले हङकङ विरुद्ध दोस्रो खेल आइतबार खेल्ने छ ।