October 20, 2017

हङकङद्वारा नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत

काठमाण्डाै, २७ असाेज । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको हो । हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिएका हुन् । ८ टीम सहभागी प्रतियोगितामा ८ अंकसहित नेपाल छैटौं स्थानमा छ भने २ अंक बढी जोडेको हङकङ नेपालभन्दा एक स्थान माथि छ ।

अंकतालिकाको शीर्ष ४ भित्र पर्दै विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्न नेपाललार्इ यो खेल जित्नै पर्ने दबाबमा छ । यसपछि नेपालले हङकङसँग अर्को १ र युएईसँग २ खेल खेल्ने छ ।