५ बुँदे सहमतिपछि झापामा विद्यालय बन्दका कार्यक्रम फिर्ता

बिर्तामोड, १८ वैशाख । निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायतका समस्यामाथि सहमति भएपछि विद्यार्थी संगठनहरुले झापामा जारी विद्यालय बन्द कार्यक्रम फिर्ता लिएका छन् ।

आन्दोलरत विद्यार्थी संगठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र प्याब्सन प्रतिनिधिबीचको बार्तामा ५ बुँदे सहमति भएको हाे । जस अनुसार मंगलबार बिहानबाट निजी विद्यालयहरु सञ्चालन हुनेछन् । मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कारबाही प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ ।

सहमतिमा नेविसंघ झापाका सभापति रोशन विष्ट, अनेरास्ववियु झापाका अध्यक्ष रोशन सुवेदी, तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य रवि बस्नेत, कार्यवाहक अध्यक्ष अनिल सुवेदीले हस्ताक्षर गरेका  थिए कार्यक्रममा निजी विद्यालय तथा समग्र शैक्षिक क्षेत्रमा उत्पन्न समस्या बारे छलफल भएको थियाे ।