अागामी निर्वाचन पछि मुलुकमा स्थिर सरकार : माधव नेपाल

काठमाण्डौ २६ असोज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आगामी निर्वाचनमा बामगठबन्धनको स्पष्ट बहुमत आाउने दावी गरेका छन।
नेकपा एमाले बैदेशिक मामिला बिभागले बिहीबार काठमाडौमा गरेको नेपालको विकास र समृद्धिमा गैरआवासीय नेपालीहरुको भूमिका बिषयक अन्तक्रियामा नेता नेपालले यस्तो दावी गरेका हुन ।

उनले मुलुकलाई समृद्धि र विकासतर्फ अघि बढाउनका लागी राष्ट्रिय एकताको खाचो औल्याउदै बाम गठबन्धन भएको उल्लेख गरे । उनले स्थानीय तहको परिणामलाई हेर्दापनि आगामी निर्वाचनमा बामगठबन्धन हावी हुने भन्दै त्यसपछि मुलुकमा स्थिर सरकार बन्ने बताए ।आगामी निर्वाचनमा काग्रेस ३५ प्रतिशतमा सिमित रहने नेता नेपालकाे धारणा  थियो ।

कार्यक्रममा गैरआवासीय नेपालीसंघका प्रतिनिधीहरुले मुलुकमा लगानीको वातावरण बनाउनका लागी स्थिर सरकार बन्नुपर्ने भन्दै यसका लागी राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका थिए ।