माओवादीले नैतिकताको आधारमा सरकार छाड्नु पर्छः पशुपति शमसेर राणा

भक्तपुर, २६ असोज । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर राणाले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताएका छन ।

रफत सञ्चार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरि सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल माओवादीले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए ।

उनले भने – प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनु पर्छ ।

अध्यक्ष राणाले बाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हितानुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको विजय निश्चित रहेको बताए ।

सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो बिकासमा टेवा पुग्ने समेत उनको टिप्पणी छ ।

राप्रपा राष्ट्रवादी र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने उनले जानकारी दिए । नेपालमा पछिल्लो समय बैदेशिक हस्तक्षेप बढेको बताउँदै जबराले यसका लागि नेपालका राजनीतिक दलहरुका नेताहरु जिम्मेवार रहेको समेत बताएका छन् ।