कश्मीरमा ५ पुलिस र २ बैंकका अधिकारीको हत्या

काठमाण्डौ, १८ वैशाख । संदिग्ध उग्रवादीहरुले सोमबार साँझ दक्षिण कश्मीरको कुलगाम जिल्लामा रहेको एक बैंकको नगद राखिएको भ्यानमा रहेका ५ पुलिसकर्मी र २ बैंकका अधिकारीको हत्या गरेका छन् ।

दक्षिण कश्मीरका डिआईजी एसपी पानीले भने, ‘हमलाकारीहरुले भ्यानबाट पुलिसकर्मी र बैंकका अधिकारीहरुलाई बाहिर निकालेर हत्या गरे ।’ उनका अनुसार उक्त भ्यानबाट बैंकको शाखामा रकम लगिँदै थियो ।

रिपोर्टमा बताइए अनुसार करिब ५० लाख रकम लुटिएको छ ।