September 23, 2017

केट परीले बाराक ओवामालाई आफ्नो कालो कपालसँग दाँजिन्

काठमाण्डौ, १८ वैशाख । अमेरिकी गायिका केट परीले इन्स्टाग्राममा लाइभ सेसनको क्रममा आफ्नो कपालको रङलाई पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामासँग दाँजेकी छिन् ।

जब इन्स्टाग्राममा उनको एक साथीले परीको कालो कपाललाई लिएर मिस गरेको मेन्सन गरिन् तब उनले भनिन्, ‘ओहो ! साँच्चै ? के तिमीले बाराक ओवामालाई पनि मिस गर्यौ ? ठीक छ, समय बदलियो ।’

उनको यो भनाईसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जातीय रुपमा असंवेदनशील भएको भन्दै धेरैले आलोचना गरेका छन् ।