October 20, 2017

विश्वकप फुटबलका लागि अर्जेन्टिना, पोर्चुगल र फ्रान्स छनाैट

काठमाण्डाै,२५ असाेज । अर्जेन्टिना, पोर्चुगल र फ्रान्स आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् ।

युरोपेली क्षेत्र अन्तर्गत भएका खेलमा अर्जेन्टिना, पोर्चुगल र फ्रान्सले आ–आफ्ना खेल जित्दै आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका हुन् । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान सुरक्षित पारेको छ । अर्जेन्टिनाले इक्वेडरलाई तीन–एक गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । उनले क्रमशः १२औं, २०औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलमा भने इक्वेडरले एक मिनेटमै इबाराको गोलसंगै अग्रता लिएको थियो

युरोपेली समुह बी अन्तर्गतको खेलमा स्विट्जरल्याण्डमाथि दुई–शुन्य को जित निकाल्दै समूहको शीर्ष स्थानमा रहंदै पोर्चुगलले आगामी विश्वकपमा स्थान बनाएको हो । स्विट्जरल्याण्डका जोहान जोओरोउले ४१औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगलले अग्रता लियो । ५७औं मिनेटमा आन्द्रे सिल्वाले पोर्चुगलका लागि अर्को गोल थपे । त्यसपछि बांकी समयमा दुबैतर्फबाट गोल नहुंदा पोर्चुगल दुई–शुन्यले विजयी हुंदै विश्वकपका लागि छनोट भएको हो ।

 

त्यस्तै समूह ए अन्तर्गत बेलारुसमाथि दुई–एकको जित निकाल्दै शीर्ष स्थानमा रहंदै फ्रान्सले पनि विश्वकपमा स्थान पक्का गरेकाे छ ।