October 23, 2017

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाण्डौ, १८ वैशाख । सत्ता साझेदार मध्येको एक राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रधानन्यायधिस सुशिला कार्की विरुद्द नेपाली कांग्रेस र माअाेवादी केन्द्रले महाअभियोग प्रस्ताव दर्ता गराएपछि  असन्तृष्ट बनेकाे राप्रपाले सरकार छोडने निर्णय गरेकाे हो ।

प्रधानन्यायधिस कार्की विरुद्द दर्ता गरिएको महाअभियोग प्रस्ताव लाई अध्यक्ष कमल थापाले अनैतिक कार्य भनि सामाजिक सञ्चालहरुमा प्रतिक्रिया दिएका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने  तर स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागि हुने निर्णय गरेकाे छ ।