सहकारीले फेर्यो कञ्नपुरका महिलाहरूकाे कृषी जीवन

सुरेश भट्ट / कञ्नपुर, २४ असोज । कृषि सहकारी र समुह स्थापना भए संगै महाकालीका महिला कृषकहरु व्यवसायिक कृषि खेति तर्फ आकर्षित भएका छन् ।

महाकाली नगरपालिकामा स्थापना भएका सहकारीका कृषि समुहले पुरुष भन्दा महिलालाई कृषि पेसा तर्फ बढी आकर्षित गरेको छ् । वैदेशिक रोजगारीवाट फर्केका युवाले पनि सहकारी मार्फत ऋण लिएर व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गरेका छन् । सहकारीबाट ऋण लिएर खेति गर्ने र व्यवसायमा आएका समस्या र बजार व्यवस्थापन बारे समुहमा छलफल गर्दा उनिहरु यो पेशा प्रति थप आकर्षित भएका हुन् ।

सहकारीले सस्तो र शुलभ दरमा ऋण दिन थालेपछि यहाँका स्थानिय महिलाहरु अहिले सिलाइृ कटाई  , भैसी पालन र तरकारी खेति व्यवसायिक रुपमै गर्न थालेका छन । हातमा सीप भएर पनि केहि काम गर्न नसकेको र सृजना बचत तथा ऋण सहकारी संस्थाले शुलभ दरमा ऋण दिएपछि आफुले सिलाइ कटाइको पसल खोलेर अहिले राम्रो आम्दानी गरिरहेको र अरु मान्छेलाइ काममा राखी सिलाइ कटाइ सीकाइ रहेको सहकारीबाट ऋण लिएका एक जना महिला बताइन् ।

सहकारीबाट ऋण लिएर व्यावसायिक कृषी कार्यमा राम्रो आम्दानी भएपछि महिलाहरु पनि निकै खुसि भएका छन् ।

पहिले भारतीयहरुलाई सस्तो मूल्यमा दुध बेच्न बाध्य कृषकहरु अहिले सहकारीले उचित मुल्यमा दुध खरिद गरिदिदा खुसी छन । 

घरमा प्रयोग गर्ने तरकारी पनि किन्ने गरेका उनिहरुले अहिले तरकारी खेतिवाट बचत गर्न थालेका छन् । सहकारी संस्थामा पुरुषको दाँजो महिलाको सहभागित बढी देखिएको महाकाली नगरपालिका स्थित सहकारी संस्थाहरुले जनाएका छन् ।

उनिहरुले गरको आयमुलुक व्यवसायबाट घरखर्च कटाएर बचेको रकम सहकारीमा दैनिक, साप्ताहिक तथा मासिक रुपमा बचत समेत गरिरहेका छन ।

रकम बचत गरि आफुलाई दुःख बिरामी तथा समस्या परेको बेला आफुले जम्मा गरेको पैसा तथा ऋण सहजै निकाल्न सक्ने भएको हुदा पनि सहकारी प्रति स्थानिय कृषकहरुको आकर्षण बढेर गएको महिला कृषकहरुको भनाई छ ।

पछिल्लो समय महाकाली नगरपालिकाका कृषि समुह तथा विभिन्न सहकारी संस्थाहरुले कृषकलाई व्यावसायिक तरकारी खेति र पशुपालनका लागी आर्थिक तथा प्राविधिक सहयोग दिदै आईरहेका सृजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दमन बहादुर चन्दले जानकारी दिएका छन् ।

२९० रुपैया बाट सुरु भएको सृजना बचत तथा ऋण सहकारी संस्था अहिले ४ करोड ५४ लाख को कारोबार गरिराखेको छ । महाकाली नगरपालिकामा १४ वटा क्रियाशिल सहकारी संस्थाहरु छन् ।