October 23, 2017

महाअभियोग प्रस्ताव फिर्ता नलिए अान्दोलन गर्न युवा संघको चेतावनी

काठमाण्डौ, १८ वैशाख । युवा संघ नेपालले प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सोमबार काठमाण्डौको नयाँ बानेश्वरमा विरोध प्रर्दशन गर्दै महाअभियोग प्रस्ताव तत्काल फिर्ता माग गरेको हो । सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर लोकतन्त्रको उपहास गरेको संगठनको भनाई छ । संसदमा कार्की विरुद्धको महाअभियोग प्रस्तावको औचित्य पुष्टि नभए देउवा र प्रचण्डलाई राजनीति नै छोड्न संगठनले चुनौती दिएको छ ।

संगठनले वर्तमान सरकार भष्ट्राचारमा लिप्त भएको भन्दै प्रधानमन्त्रीको राजीनामा पनि माग गरेको छ ।