October 20, 2017

केएल मोवाइलको सुनको सिक्का भक्तपुरका तामार्थुलाई

काठमाण्डौ २२ असोज । चावहिलस्थित केएल टावरमा रहेको केएल मोवाइल हवमा मोवाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का प्राप्त गरेका छन् ।

दशैं तिहारको अवसरमा केएल मोवाइल हवले सुरु गरेको मोवाइलको मेगा मेलामा मोवाइल खरिद गर्दा यो उपहार प्राप्त गरेका हुन् ।
नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोवाइल हवमा जारी मोवाइलको मेगा मेलामा मोवाइल  खरिदकर्ताले हात खाली नजाने उपहार पाउने व्यवस्था गरिएकाे छ ।

मेलामा बम्पर उपहार विजेतालाई आरवान फाइभ बाइक, एकवटा आइफोन ८ र मलेसिया सिंगापुर भ्रमणको प्याकेज उपलब्ध गराइने जनाइएकाे छ ।

हरेक मोवाइलको खरिदमा ७ देखि ६० प्रतिशत सम्म छुटकाे सुविधा दिइने गरिएकाे केएल मोवाइल हवकी म्यानेजर उर्मिला लामाले बताइन ।