August 16, 2017

यस्तो छ भारतको सबैभन्दा उत्कृष्ट गाँउ

काठमाण्डौ, ३१ चैत्र । भारत महाराष्ट्रको आनन्दवाडी गाउँ एउटा राम्रो कुराले चर्चामा छ । त्यो कुरा के हो भने यस गाउँमा १ सय ६५ घर छन् र ती सबै महिलाको नाममा छ ।

यहाँका मानिसहरुले मिलेर यस गाउँको सबै घरलाई महिलाको नाममा गरेका छन् । यो महिला सशक्तिकरणको एउटा राम्रो नमूना पनि हो । यस्तो छ यो गाउँको विशेषताहरु–

देवी लक्ष्मीको प्रतिक

जसरी हामी प्रत्येक वर्ष लक्ष्मीको पूजा गरेर आफ्नो घरको महिलालाई पनि सम्मान गर्ने गर्दछौं । महिलाले कसैमाथि निर्भर हुनु आवश्यक छैन । यदि ऊ घर सम्हाल्न सक्छे भने ऊ त्यही घरको मालिक्नी किन हुँदिन । यी कारणले मानिसहरुलाई पुरुषवादी मानसिकताबाट बाहिर आउने मौका मिल्छ ।

कतिपय मानिसहरुले अझ अघि बढेर आफ्नो जग्गा पनि महिलाको नाममा गरिदिएका छन् । साथै घरमा पनि महिलाको नाम पम्प्लेटमा लेखिएको हुन्छ र महिलाकै फाेन नम्बर पनि लेखिएको हुन्छ । यहाँका मानिसहरु के मान्छन् भने महिलालाई जन्मदेखि नै बोझ मान्नु गलत हो र अहिले मानिसहरुमा यो विचारको परिवर्तन भएको छ । पछिल्लो वर्ष यो गाउँमा सामूहिक विवाह आयोजना गरिएको थियो । जसको खर्च सबै गाउँ नै मिलेर उठाएको थियो । जसले गर्दा कसैको पितालाई आर्थिक बोझ परेन ।

अपराधमुक्त गाउँ

यो बाहेक यो गाउँले निकै ठूलो उपलब्धि हासिल गरेको छ । पछिल्लो १५ वर्षदेखि यो गाउँ अपराधमुक्त गाउँको नाममा चिनिन्छ । पछिल्लो १५ वर्षमा यो गाउँमा एउटा पनि उजुरी दर्ता भएको छैन । यो गाउँमा ६ सय ३५ जना बस्ने गर्दछन् । ‘डिस्प्युट फ्रि भिलेज स्किम’ का अनुसार यो गाउँलाई भारतको सबैभन्दा उत्कृष्ट गाउँको दर्जा पनि दिइएको छ ।

यसका साथै यो गाउँमा सूर्तीजन्य र मदिराजन्य पदार्थको प्रयोगमा पनि रोक लगाइएको छ । यो गाउँबाट अरु गाउँहरुले पनि केही सिक्नुपर्छ ।    एजेन्सी