October 20, 2017

२०१७ को नोबेल शान्ति पुरस्कार आइक्यानलाई

काठमाण्डाै, २० असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार इन्टरनेसनल क्याम्पियन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान)लाई प्रदान गरिने भएको छ।

परमाणु  हतियारको प्रयोग रोक्न काम गरेको भन्दै नोबेल कमिटीले शुक्रबार आइक्यानलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।  यसले आणविक हतियारको प्रयोगमा रोक लगाउनु पर्ने आवाज उठाउँदै आएको छ ।

सन् २००७ मा स्थापना भएको आइक्यानका १ सय १ देशमा ४ सय ६८ वटा सहयोगी संस्थाहरु छन् । यसको केन्द्रीय कार्यालय भने स्वीट्जरल्याण्डको जेनेभामा छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुवाँ म्यानुएल सान्तोसलाई दिइएको थियो ।  सन् १९०१ यता एक सय ३० जना उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।