October 20, 2017

लस भेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५० पुग्यो, २०० जना घाइते

काठमाण्डाै, १६  असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गाेली प्रहार हुँदा मृत्यु हुनेकाे संख्या ५० पुगेकाे छ ।

एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जना घाइते भएको बताइएको छ । लस भेगास प्रहरीले घटनामा संलग्न एकजना जवाफी कारवाहीमा मारिएको बताएको छ ।

आक्रमणकारीको नाम स्टीफन म्याडोक रहेको प्रहरीले जनाएको छ । उनी ६४ वर्षका स्थानीय बासिन्दा हुन् । घटनामा ज्यान गुमाउनेमा सांगीतिक कार्यक्रमका सहभागी तथा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन् ।

ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलाइएको छैन । घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइहेको छ । अमेरिकाको इतिहासमा यो अहिलेसम्मकै ठूला गोली काण्ड मध्ये एक हो ।