October 22, 2017

डा. गजुरेलले आमरण अनशन शुरु गरेको ५ दिन पुगे, स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाण्डाै, १५ असाेज । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै डाक्टर महेशकुमार गजुरेलले आमरण अनशन शुरु गरेको ५ दिन पुगेको छ ।

सरकार र त्रिभुवन विश्वविद्यालयले माग पुरा गर्न चारपटकसम्म सम्झौता गरेपनि कार्यान्वयन नगरेपछि आंशिक प्राध्यापक संघका अध्यक्ष समेत रहेका डाक्टर गजुरेल दशैको फुलपातीदेखि आमरण अनसनमा बसेका हुन् ।

आंशिक प्राध्यापाकले ६५ दिनसम्म रिले अनसन, धर्ना जुलुस लगायतका शान्तिपुर्ण विरोध मार्फत माग पुरा गर्न आग्रह गरेपनि सरकारले वेवास्ता गरेपछी दशैँकै बेलापनि आमरण अनसन बस्नुपरेको डाक्टर गजुरेलले बताए । ५ दिनदेखिको अनसनका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

यसैबिच प्रधानमन्त्री शेरवहादुर देउवाले आंशिक प्राध्यापकका माग पुरा गर्न सकारात्मक रहेको बताएका छन् । दशैँको विदापछि कार्यालय खुल्नासाथ आंशिक प्राध्यापकका समस्या समाधानका लागि काम अघि बढाउने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।