October 20, 2017

चौथो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियासंग भारत २१ रनले पराजित

काठमाण्डाै, १३ असाेज । चौथो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलार्इ २१ रनले पराजित गरेकाे छ ।

अष्ट्रेलियाले दिएकाे ३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन मात्र बनाउन सफल भयाे । भारतका लागि केदार जादवले ६७, रोहित शर्माले ६५ तथा अजिन्क्या रहाणेले ५३ रन बनाएपनि हारबाट जोगाउन सकेनन् ।

अष्ट्रेलियाका केन रिचार्डसनले ३ तथा नाथन कौल्टरले २ विकेट लिए । भारतको बेग्ंलोरमा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।

उसका डेभिड वार्नरले १ सय २४, आरोन फिन्चले ९४, पिटर ह्यान्डसकबले ४३ र टे्भिस हेडले २९ रन बनाए । भारतका उमेश यादवले ४ विकेट लिए । पाँच खेलको एकदिवसीय श्रृङ्खला भारतले जितिसकेको छ ।