August 17, 2017

टस जितेर बैंग्लोरको ब्याटिङ गर्ने निर्णय

काठमाण्डौ, १८ वैशाख । आइपिएल (इन्डियन प्रिमियर लिग) अन्तर्गत आजको पहिलो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुँदैछ ।

मुम्बईको वाखडे स्टेडियममा हुने खेलमा टस जित्दै बैंग्लोरले ब्याटिङ गर्ने निर्णय गरेको छ । प्रतियोगिताको ३८ औं खेलमा लगातार हार बेहोरिरहेको बैंग्लोर हारको श्रृङ्खला तोड्ने ध्यानमा मैदानमा उत्रनेछ भने मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिने प्रयास गर्नेछ ।

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा राति ८ः१५ मा पुनेको महाराष्ट्र क्रिकेट स्टेडियममा राइजिङ पुने सुपर जाइन्ट्स र गुजरात लायन्स भिड्ने छन् ।