October 22, 2017

चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रीकाे आग्रह

चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रीकाे आग्रह

काठमाण्डाै, १० असाेज । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरुलाई आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन् ।

चाडपर्वकाे समयमा अस्पताल बन्द गर्दा बिरामीलाई असर पर्ने भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् । मंगलवार बिषेश पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सक संघको माग पुरा गर्न सरकारले टोली बनाएर काम थालिसकेको बताए ।

उनले चिकित्सकको माग केही दिनमा पुरा हुने भन्दै अहिले आफ्नो आन्दोलन स्थगित गरेर अतिआश्यक सेवा संचालनमा लाग्न आग्रह गरे । मन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री आउन्जेल कुनै आन्दोलन नगर्ने आग्रह गरे ।

चिकित्सककाे लापरबाहीका कारण बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक फिर्ता र अाफूमाथि कुटपिट तथा हातपात गर्नेहरुलाई ’जेल विथआउट वेल’ हुनुपर्ने माग गर्दै अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

गत सातादेखि चिकित्सक संघको नेतृत्वमा भएको आन्दोलनका कारण आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्दा देशभरका अस्पतालमा बिरामी मर्कामा परेका छन्।