Breaking News

महाअभियोगप्रति राष्ट्रिय जनमोर्चा पार्टीकाे विराेध

काठमाण्डाै  १८ वैशाख । प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध सत्तासिन नेपाली कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता गरेको महाअभियोगलाई लिएर राष्ट्रिय जनमोर्चा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेको छ ।

सत्तापक्षको गलत नीति, अप्रजातान्त्रिक तथा असंवैधानिक कार्यका कारण महाअभियाेग प्रस्ताव दर्ता गरिएकाे राजपाकाे ठहर छ । सो प्रस्तावले  न्यायालयको स्वतन्त्रतामाथि आक्रमण भएकाे भन्दै उक्त प्रस्तावलाई व्यवस्थापिका संसदबाट असफल पार्न पनि राजपाले अपिल गरेकाे छ ।

सो विज्ञप्तिमा सरकारले दोस्रो संशोधन विधेयक माथिको मतदान गर्न निश्चित गरिएको कार्यसूची वैशाख २१ गते सार्नुलाई षड्यन्त्र मान्दै सरकारको यो कार्यशैलीको पनि विरोध गरिएकाे छ ।

 

shares