दलीय स्वार्थले शिक्षा ऐन नवाैँ संशोधन भयाेः केपी अाेली

काठमाण्डाै, ९ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गुणस्तरीय शिक्षा दिने भन्दा पनि दलीय स्वार्थले शिक्षा ऐन नवाैँ संशोधन भएको बताएका छन् ।

सोमबार आफ्नै निवास बालकोटमा बिद्यार्थीसंगठनको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ओलीले सत्यको पक्षमा भन्दा पनि दलीय स्वार्थमा सांसदहरु समेत लागेको बताए । ऐन संसोधन गर्न अनावश्यक महत्व दिएको भन्दै उनले अहिले सत्यभन्दा पनि स्वार्थले प्राथमिकता पाएको उल्लेख गरे ।

ऐन सशोधन गरेर जागिर पाएकालाई नहटाउ भन्ने सोचाई भएपनि राष्ट्रलाई अघि बढाउने क्रममा सीमित व्यक्तिको अनुहार हेर्ने भन्दा पनि राष्ट्रिय नीति र आवश्यकता बढी हेर्नु पर्नेमा गलत भएको उनले बताए । पारित विधेयकले सामुदायिक विद्यालय गुणस्तरमा असर पर्ने भएकोले प्रमाणिकरणसम्म चासो दिने उनको भनाई छ ।

असोज ३ गते संशोधन भएको शिक्षा ऐन नवौ संशोधनले मुलुकको शिक्षामा दीर्घकालिन असर गर्ने संयुक्त विद्यार्थी संगठनको ठहर छ । ऐन संसोधनले दक्ष शिक्षकबाट पढ्न पाउने विद्यार्थी र प्रतिष्पर्धाको तयारीमा रहेका ७ लाख युवाहरुको बिरुद्धमा रहेको संगठनले जनाएका छन् ।

अस्थायी शिक्षकले फेल भएपनि सुविधा दिनु पर्ने माग राखेपनि संसदले ७५ प्रतिशत अस्थायीलाई स्थायी गर्ने व्यवस्थाले ऐनको बदनाम गरेको संगनठले जनाएको छ