October 22, 2017

नेपाली सेनाले विजया दशमीको दिन नि:शुल्क बस सेवा संचालन गर्ने, यी हुन रूटहरू

काठमाण्डाै, ९ असाेज । नेपाली सेनाले काठमाडौ उपत्यकाभित्र विजया दशमीको दिन विभिन्न ८ वटा रुटमा सर्वसाधारणको सुविधाका लागि नि:शुल्क बस सेवा संचालन गर्ने भएकाे छ ।

सेनाले विजया दशमीको दिन विहान ६ः ३० बजे  ११ः०० बजे र दिउँसाे ४ः ०० बजे नि:शुल्क बस सेवा संचालन गर्न लागेकाे हाे ।  ८ वटै रुटमा छुट्टा-छुट्टै बस सेवा संचालन हुने जनाकारी दिइएकाे छ । यी रूट हुन विजया दशमीको दिन  नि:शुल्क बस सेवा संचालन हुने ।