October 22, 2017

संयुक्त विद्यार्थी संगठनद्वारा शिक्षा ऐन नवौं संशोधन फिर्ताको माग गर्दै सभामुखलार्इ ज्ञापन पत्र

काठमाण्डाै, ९ असाेज । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन बिद्ययेक सरकारले तत्काल फिर्ता लिन माग गर्दे सभामुख ओनसरी घर्तिसमक्ष ज्ञापन पत्र बुझाएको छ ।

संसद भवन नयाबानेश्वरमा सोमबार बिद्यार्थी संगठनहरुले नवौं संशोधन बिद्ययेक फिर्ता दिने वातावरण समेत बनाइदिन सभामुख घर्तिसमक्ष आग्रह गरेका हुन् । उनीहरुले ९ औं शिक्षा संशोधन ऐनले शैक्षिक गुणस्तर बढाउनेभन्दापनि शिक्षा क्षेत्रमा झनै ठूलो समस्या निम्त्याउने खतरा रहेको जनाएका थिए ।

ज्ञापन पत्र बुझ्दै सभामुख घर्तिले यस बिषयमा आफुले प्रमुख दलका नेताहरुसंग छलफल गर्दे उचित समाधान खोज्ने बताएकी थिन । विद्यार्थीहरु कलेजमा नभएको तथा चाडपर्वहरुको मुखमा पारेर गरिएको विद्यार्थीमारा उक्त संशोधन तत्काल फिर्ता नलिएको खण्डमा आफूहरु आम विद्यार्थीहरुको हक, हित र अधिकार रक्षाको लागि कडाभन्दा कडा संघर्षमा उत्रिन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।