बाढीबाट क्षतिग्रस्त खानेपानी आयोजना मर्मतमा भारतले सहयाेग गर्ने

काठमाण्डाै, ९ असाेज । भारतले तराईका क्षेत्रमा बाढीबाट क्षतिग्रस्त भएका खानेपानी आयोजना मर्मत गदै पुनः संचालन गर्न सहयोग गर्ने भएको छ ।

सिंहदरबारमा सोमबार खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवसँग भेट गदै नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले तराईका जिल्लामा बाढीले क्षति पुर्‍याएका खानेपानी आयोजना मर्मत गर्दे पुनः संचालन गर्न सहयोग गर्ने बताएका हुन् ।

राजदूत पुरीले तराईका बाढि प्रभावित क्षेत्रमा नेपाल सरकारले गरेको राहत कार्यको प्रसंसा गर्दे अन्य क्षेत्रमा पनि भारत सदैव सहयोग गर्न तयार रहेको  मन्त्री यादवले जानकारी दिए । भेटमा समसामायिक बिषय लगाएत दुई देश बिचको सम्बन्धका बिषयमा पनि छलफल भएको मन्त्री यादवले जानकारी दिए ।