August 17, 2017

विभिन्न दलका ५ सय कार्यकर्ता फोरम नेपालमा प्रवेश

रुपन्देही, ३१ चैत्र । रुपन्देहीमा विभिन्न पार्टी परित्यागरि गरी करिव पाँच सय नेता तथा कार्यकर्ता  संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन ।

फोरम नेपाल प्रवेश गर्नेमा विजय गच्छदार नेतृत्वको फोरम लोतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मोहनलाल यादव, क्षेत्रीय अध्यक्ष विरेन्द्र कुर्मी ल गाय त छन ।  नवप्रवेशी नेता कार्यकर्तालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर स्वागत गरेका थिए ।

नेपाली कांङ्ग्रेस, एमाले, माओवादी लगायत विभिन्न दलका कार्यकर्ताले पार्टी परित्याग गरी सयौंको संख्यामा पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका जिल्ला उपाध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन् ।