October 22, 2017

मधेश अान्दोलनकाे उदगम सिरहाको लहानमा एमाले विजय

जागेश्वर यादव/ सिरहा,७ असोज । मधेश आन्दोलनको उदगम स्थलकोरुपमा चिनिएकाे सिरहाको लहान नगरपालिका लहानमा नेकपा एमाले विजय भएको छ ।

मेयरमा नेकपा एमालेका मुनी साह सुडी र उपमेयरमा एमालेकै सरियार चौधरी विजय भएकी छन । एमालेका मुनि साहले काँग्रेसका उम्मेदवार अच्छमितलाल चौधरीलाई फराकिलो मत अन्तरले पराजित गरेको छन । साहले ११ हजार ३ सय ७ मत पाएका छन् भने काग्रेसका चौधरीले ९ हजार १ सय ३८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सरियार चौधरीले ११ हजार १ सय ६८ मत पाएका छन भने काँग्रेसका पुनम चौधरी ९ हजार ९ सय ६ मत प्राप्त गरेकी छन् ।  लहान जिते लगत्तै सिरहामा एमालेले जितेकाे स्थानीय तहको संख्या ३ पुगको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

यसैगरी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी हासिल गरेको छ । फोरमको तर्फबाट अध्यक्षका उम्मेदवार रामबल्लब साह ४००४ मत र उपाध्यक्ष उम्मेदवार आशा देवी यादवले ३६४६ मत ल्याई विजयी भएका हुन । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले ३२५४ मत र उपाध्यक्षका उम्मेदवार अमरकला यादवले २९७१ मत ल्याएका थिए ।

सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्र विजयी

सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयरमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रका मेयर पदका उम्मेदवार देवनाथ साहले ६४४३ र उपमेयरका उम्मेदवार रेश्मा कुमारी थापाले ६३४९ मत ल्याई विजयी भएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेबाट मेयरका उम्मेदवार श्याम कुमार श्रेष्ठले ५०८९ मत र उपमेयर उम्मेदवार सुनिता सिंहले ४९२५ मत ल्याएका छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सिरहाकै बरियारपट्टी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । फोरमले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको छ । फोरमको तर्फबाट अध्यक्षका उम्मेदवार सन्तोष कुमार महतोले ३७७९ र उपाध्यक्षका उम्मेदवार रेखा कुमारी यादवले ३७६७ मत ल्याई विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बालेश्वर यादबले २८८१ मत र उपाध्यक्ष उम्मेदवार श्रीमती कुमारी यादवले २८५५ मत प्राप्त गरेका छन् ।