August 17, 2017

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाण्डौ, १८ वैशाख । पछिल्लो राजनीतिक अवस्थाकाे विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले सरकारले दुई चरणमा गर्न लागेको निर्वाचन र बजेट ल्याउने मितिबारे जिज्ञासा व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहालले भने आपसी समझदारीबाट ती विषय सुल्झाउन सकिने जानकारी दिएका थिए । भेटमा भोलि नोमिनेसन अगाडि बढ्ने पनि दाहालले बताए ।

प्रधानन्यायाधीशको बिषयमा ओलीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सुशीला काकीविरुद्धको महाअभियोग नियम, कानून र प्रक्रिया अनुसार नै अघि बढ्ने बताए ।