बुद्ध लामा बने पहिलो नेपाल आइडल

काठमाण्डौ, ७ असाेज । बुद्ध लामा पहिलो  नेपाल आइडल घोषित भएका छन् ।

शुक्रबार कतारकाे दाेहामा भएको ग्राण्ड फिनालेमा   लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो  नेपाल आइडल घोषित गरियो  ।  यस्तै  आइडलको फस्ट रनरअप  निशान भट्टराई बने  भने सेकेण्ड रनरअप  प्रताप दास बने ।

पोखराका बुद्ध लामाले उपाधिसँगै २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै लामाले पहिलो नेपाल आइडल पदवी हात पारे ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ  शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।