महाअभियोग संसदभित्रको लोकतान्त्रिक विषय भएको प्रधानमन्त्रीकाे जीकिर

काठमाण्डौ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग व्यवस्थापिका–संसदभित्रको लोकतान्त्रिक विषय भएको उल्लेख गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छलफलमा दाहालले राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राखेको जिज्ञासामा महाअभियोग व्यवस्थापिका–संसदभित्रकाे लोकतान्त्रिक विषय भएको स्पष्ट पारेका हुन् । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।

भेटमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले वैशाख ३१ अर्थात ताेकिएकाे समयमै निर्वाचन हुने बताएका थिए ।