October 23, 2017

श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा शुभकामना व्यक्त

काठमाण्डौ, १८ वैशाख । १ सय २८ औं श्रमिक दिवसको अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै विश्वभरिका र नेपाली श्रमिक वर्गलाई शुभकामना व्यक्त गरेको छ ।

श्रमिक दिवस विश्वका मजदूर वर्गको विचार, चेतना, विद्रोह र उद्देश्यसँग जोडिएको गौरवपूर्ण दिवस भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले यो दिवस श्रमिक वर्गको संघर्ष, विद्रोह र सफलताहरुसँग  जोडिएको बताएको छ ।

त्यस्तै पार्टीले श्रमिक वर्गको राम्रो ज्याला, आवश्यक सुविधा र श्रमिक वर्गीय मुक्तिका लागि चल्ने सबै संघर्षलाई पूर्ण साथ, सहयोग र नेतृत्व प्रदान गर्ने विश्वास पनि दिलाएको छ ।