October 20, 2017

चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक फिर्ताकाे माग गर्दै चिकित्सकहरू प्रदर्शन

काठमाण्डाै, ५ असाेज । उपचारका क्रममा चिकित्सककाे लापरबाहीका कारण बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक फिर्ताकाे माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको साे विधेयककाे निर्देशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित सो निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई कार्यान्वयनमा ल्याउन चिकित्सकले सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् ।