October 24, 2017

आद्य गुरु शंकराचार्यको १२२९ औं जन्म जयन्ती मनाइयो

गुञ्जन राज गिरी/ काठमाण्डौ, १७ वैशाख । पशुपतिस्थित शंकाराचार्य मठमा नेपाल दशनामी समाजले एक कार्यक्रमको आयोजना गरी आद्य गुरु शंकराचार्यको १२२९ औं जन्म जयन्ती मनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले आद्य गुरु शंकराचार्यले हिन्दू धर्म रक्षाका लागि दशनामीको निर्माण गर्नु भएको र नेपालमा शंकराचार्यले धर्मरक्षाको लागि खेल्नु भएको अहम् भूमिकाको चर्चा गरेका थिए ।

नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रन्जन कुमार गिरी लगायतले नेपालमा बसोबास गर्ने दशनामीलाई अल्पसंख्यकमा राख्नुपर्ने तथा नेपाललाई हिन्दूराज्य बनाउनु पर्ने र त्यसको लागि दशनामी समाज लागिपर्नेमा जोड दिए ।

अध्यक्ष गिरीले शंकराचार्यको सपना साकार पार्न विश्वभर छरिएर रहेका दशनामीहरु एक हुनुपर्ने आजको आवश्यकता रहेको औंल्याए । मनाङ जिल्ला बाहेक नेपालका ७४ जिल्लामा बसोबास रहेका छन् भने नेपालमा दशनामीहरुको जनसंख्या २ लाख ५० हजार रहेको छ ।

2 thoughts on “आद्य गुरु शंकराचार्यको १२२९ औं जन्म जयन्ती मनाइयो

Comments are closed.