November 19, 2017

अब संघ र सातै प्रदेशमा एमालेकाे सरकार बन्ने केपी अाेलीकाे दावी

काठमाण्डौ १ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको चुनावपछि केन्द्र र सातवटै प्रदेशमा एमालेको सरकार बन्ने दावी गरेका छन  ।
एमाले निकट विद्यार्थी संगठन अखिलले सोमवार काठमाडौंमा आयोजना गरेको अखिल सम्मान साँझ २०७४ कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले सत्तारुढ दलहरुले चुनावमा सत्ताको दुरुपयोग गरेपनि संघ र प्रदेशको चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी गरे । अध्यक्ष ओलीले धनुषामा सत्ताको आडमा एमाले कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाए ।

अखिल साँझको अवसर पारेर अनेरास्ववियुले पूर्व अध्यक्षहरु योगेश भट्टराई, टंक कार्की, विश्वकान्त मैनाली, राजेन्द्रकुमार राई लगायतलाई सम्मान गरेको छ । त्यस्तै एमालेका विद्यार्थी इन्चार्जहरु गोकर्ण विष्ट, भानुभक्त ढकाल र युवराज कार्कीलाई पनि सम्मान गरेको छ ।