November 19, 2017

अाज विश्वकर्मा पूजा मनाइँदै

काठमाण्डाै, १ असोज । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस देशभर विभिन्न कार्यक्रम गरि  मनाउँदैछन्  ।

विश्वकर्माको पूजा प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले गर्ने गर्दैछन् । यो दिन विश्वकर्मासँगै अाफू चढ्ने सवारी साधन, काम गर्ने प्रविधि तथा यन्त्रहरू पूजा गर्ने चलन छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्।

विश्वकर्मा खुशी भए उनको गुण अाफूमा प्राप्त हुने विश्वासमा कालिगढहरू पूजा–अाराधना गर्छन् । विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् । पाैराणिक तथा संस्कृत साहित्यमा  विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको उल्लेख छ ।