November 19, 2017

यु १९ एसिया कप छनौट फाइनलः नेपालद्वारा हङकङ पाँच विकेटले पराजित

काठमाण्डाै, १ असोज ।  १९ वर्षमुनिकाे एसिया कप छनौटको फाइनल खेलमा नेपालले हङकङलार्इ पाँच विकेटको पराजित गरेको छ ।

जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो । नेपालका लागि प्रनित थापा मगरले दुई छक्कासहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साशले १६, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।

हङकङका लागि हरप्रतीत सिंहले ३ विकेट र जाथवेदले २ विकेट लिए ।  हङकङ ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ७६ रनमा समेटिएकाे हाे ।

हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।