नयाँ शक्ति पार्टीका अांगिक संगठनका मुख्य- मुख्य नेताहरु माअाेवादी केन्द्रमा प्रवेश

काठमाण्डौ ३१ भदाै । नयाँ शक्ति पार्टी नेपालका दर्जन बढी आगिंक संगठनका मुख्य – मुख्य नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । काठमाण्डौमा शनिबार अायोजित  कार्यक्रममा नयाँ शक्ति पार्टीका अांगिक संगठनका नेताहरुलाई माअोवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले पार्टीमा स्वागत गरेका छन ।

नयाँ शक्ति छाडेर माअाेवादी केन्द्रमा प्रवेश गर्नेहरुमा दलित शक्ति नेपालका संयोजक शुशिला श्रीपाइली,  महिला शक्ति नेपालका लङ्जम शेर्पा, समाजवादी ट्रेड युनियनका जोकमान लामा, युवा संगठनका राजु लामा, नेपाल प्रेस सोसाईटिका योगेन्द्र प्रताप शाही, नयां शक्ति विद्यार्थि युनियनका लक्ष्मीप्रसाद जोशी छन ।

यसैगरी नयाँ शक्ति शिक्षक संगठनका दल बहादुर वि.सी, प्रध्यापक मञ्च नेपालका सुर्य वहादुर थापा, स्वास्थ्यकर्मी समाजका लिलाप्रसाद भण्डारी, नेपाल प्रगतिशिल कानुन व्यवसायी एशोशियसनका विश्व प्रकाश भण्डारी, सुकुम्वासी व्यवस्थापन संघका लिला बहादुर मोक्तान पनि माअाेवादी केन्द्रमा प्रवेश गरेका छन ।

ईन्जिनियरीङ समाजका प्रकाश अधिकार, नयां शक्ति समाजवादी खेलकुद महासंघका राकेश कुमार लामा, राष्ट्रिय उद्योग वाणिज्यका बावुराम पोख्रेल, समाजवादी किसान महासंघका वासु उपाध्याय, समृद्धि सांस्कृृतिक संघका गोपाल ढुङ्गेल र नयाँ शक्ति काठमाण्डौ जिल्ला कमिटीका विदुर खड्का पनि नयाँ शक्ति परित्याग गरेर माअाेवादी केन्द्रमा प्रवेश गरेका छन ।

धुब्रिकरण नाम दिइएकाे कार्यक्रममा प्रमुख अतिथि रामबहादुर थापा बादलले माअाेवादी केन्द्रमा प्रवेश गरेका सबै नेता तथा कार्यकर्ताहरुलाई उच्च सम्मानका साथ जिम्मेवारी दिइने बताए ।

त्यसैगरी  माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अझै छरिएर रहेका कतिपय शक्ति केन्द्रहरुलाई एकै ठाउंमा ल्याएर  माअाेवादी केन्द्रलाई नै वैकल्पिक शक्तिको रुपमा स्थापित गरी देशलाई समृद्धि तर्फ अघि बढाउने बताए ।

नेता पौडेलले भने, यो अभियानमा खासगरी यथास्थितिवादीहरु र प्रतिगामि शक्तिहरु हावी नहुन भन्नको निम्ति पनि आधारभुत रुपमा एजेण्डा मिल्नेहरुकाबीच  ध्रबिकृत हुदै जानु अहिकाे अावश्यकता भएकाे बताए । उनले भने , यो अभियानमा ढिलो या चाडो डाक्टर बाबुराम भट्टराई पनि आउनु हुन्छ, म विश्वस्त छु ।