कार्यवाहक प्रधानन्याधिशका रुपमा गोपाल पराजुली

काठमाण्डौ, १७ वैशाख । प्रधानन्यायाधिस सुशीला कार्की निलम्बनमा परेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधिस भएका छन् । कार्की निलम्बनमा परेसँगै रिक्त रहेको उक्त पदमा वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधिस भएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा प्रधानन्यायाधिस पद रिक्त भए वरिष्टताका आधारमा वरिष्ट न्यायाधीश स्वतः कार्यवाहक प्रधानन्यायाधिस हुने कानूनी व्यवस्था छ ।

आइतवार कार्कीमाथि २ सय ४९ सांसदले संसदमा महाभियोेग प्रस्ताव दर्ता गरेसँगै उनी निलम्बनमा परेकी छिन् ।