August 16, 2017

भक्तपुर बिष्केट जात्रामा लिङ्गो भाँचिदा एकको मृत्यु, ६ घाईते

मोहन बल्ल/भक्तपुर, ३१ चैत्र । भक्तपुरको प्रसिद्द बिस्केट जात्राको चौथौं दिन बिहीवार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याउने क्रममा लिङ्गो भाँचिए पछि एकको मृत्यु हुनका साथै छ जना घाईते भएका छन् ।

उक्त लिङ्गो भाँचेर एकको मृत्यु भएको र तीन सिकिस्त घाइतेका साथै अन्यको भक्तपुरका बिभिन्न अस्पतालमा उपचार भईरहेको भक्तपुर प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेको पहिचान हुन नसकेको साथै अन्य घाइतेहरुको समेत पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

लिङ्गो भाँचिए पछि अर्को लिङ्गो आजै नै उठाउने परम्परा रहेको र यसकै निरन्तरता दिने क्रम जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

आज लिङ्गो उठाइएपछि सो लिङ्गो भोलि बेलुका पख ढलाउने परम्परा रहेको छ ।

आजै बिहानै भक्तपुरको कुमाले टोलमा हात नभएको लिङ्गो उठाए पश्चात बेलुका पख ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने परम्परा रहेको छ ।