September 25, 2017

इटा उद्योग हटाउन माग गर्दै स्थानीयवासी संघर्षमा

पकंज शर्मा / झापा,३० भाद्र । उद्योग सञ्चालनको मापदण्ड विपरित मानव वस्तीको बिचमा सञ्चालित दुई वटा ईटा उद्योग हटाउनु पर्ने भन्दै स्थानीयवासी संघर्ष उत्रिएका छन् ।

उद्योगको प्रदुषणले स्वास्थ्यमा प्रत्यक्ष असर र खेती योग्य जमिन संकटमा पर्न थालेकाे भन्दै स्थानीयले इटा उद्योग हटाउने  माग गर्दै अाएका थिए ।झापाको पृथ्वीनगर गाविस २ हाल भद्रपुर १ स्थित दियालोवस्तीमा सञ्चालित डिविआई र नायक ब्राण्डका ईटा उद्योग हटाउनु पर्ने भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन ।

उक्त उद्योगका सञ्चालकको लापरवाहीले सो क्षेत्र आसपासका स्थानीय विस्थापित हुने अवस्था आएपछि स्थानीयले उद्योग हटाउनु पर्नेसहित विभिन्न १९ बुदें माग राख्दै डिविआई नायक ईटा भट्टा पीडित संघर्ष समिति गठन गरेको हो ।

मावनवस्तीकाेबीचमा रहेका उद्योग बन्द गराउनु पर्ने भन्दै विगत दुई बर्षदेखि स्थानीयबासी लागि परेका छन् । सधियारहरु बैदेशिक रोजगारमा रहेका बेला नियोजित रुपमा वातावरण प्रदुषण परिक्षण रिपोर्ट तयार पारेर उद्योग सञ्चालनमा आएको स्थानीय बताउछन । तर, उद्योग सञ्चालकले उद्योग हटाउने पक्षमा नदेखिएपछि स्थानीय अन्नतः संघर्षमा उत्रिएका छन् ।

करिब ७ वर्षदेखि सञ्चालन हुदै आएका डिविआइ र नायक ईटा उद्योगले स्थानीय तथा सधियार देउकुमार लिम्बु, राजन सुवेदी, शम्सेर कार्की, देवेन्द्र लिम्बु, लालबहादुर तामाङ्, भीम गेलाल, शंकर लिम्बु, डम्बर गुरुङ्ग लगायत स्थानीयको खेती योग्य जमिनमा असरमा परेको छ ।

उद्योगले आफ्नै जमिनमा माटो कटान गर्दा सधियारको खेती योग्य जमिन पनि कटान हुने खतरा देखिएको छ । त्यसैले तत्काल उद्योग हटाउनु पर्ने देवेन्द्र लिम्बुले बताए । उद्योग मन्त्रलायको कार्यविधि दिग्दर्शन २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने बुदामा उल्लेख छ ।

त्यस क्षेत्रमा बर्षौदेखि घनबस्ती रहेको देखिन्छ । तर, वातावरण प्रदुषण परिक्षण गर्दा हचुवाको भरमा रिपोर्ट बनाएर उद्योग सञ्चालनको अनुमति दिएपछि अहिले विवाद चुम्लिएको हो । स्थानीयबासीको मागलाई सम्बन्धित सरकारवाला निकायले अहिले सम्म सम्बोधन नगरेको भन्दैै संघर्ष समिति गठन गरेको समितिका संयोजक देउकुमार लिम्बुले बताए ।

उनले उद्योगबाट निस्किएको वायु तथा तापकाे प्रदुषणले स्थानीय विरामी पर्ने थालेको जानकारी दिए । यता डिवीआई ईटा उद्योगले आफ्नो जमिन छाडेर बाटो मिचेको देखिन्छ । उद्योगको पूर्व पट्टिको भागमा कामदार बस्ने घर निर्माण गरेर बाटो बन्द गराएको स्थानीय बताउछन । बाटो बन्द गराएपछि खोला तथा पैनीको पानीले सो क्षेत्र डुबानमा पनि पर्ने थालेको छ ।

उद्योग र छेऊमा रहेको चिया बगानले बाटो मिच्दा समस्या आइरहेको स्थानीय मेदनीप्रसाद शिवाकोटीले बताए । उद्योगको विवादलाई लिएर ०७४ साउन २६ गते भद्रपुर नगरपालिका, उद्योगी र संर्घष समिति बिच पटक- पटक छलफल भएपनि समस्याको समाधान हुन सकेको छैन ।

यहाँ सञ्चालित उद्योगको वातावरण माण्दण्ड हेरी न्याय दिलाउन पिडित स्थानीयले उद्योग मन्त्रलाय, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका र प्रशासन कार्यालय झापासमक्ष अपिल गरेपनि हालसम्म सुनुवाई भएकाे छैन ।